२०८१ मंसिर १०, सोमवार , ०३:०३:४९ बजे

Sajhamanch
'

दमक र गौरीगञ्जका ४२४ जनाको आँखाको निःशुल्क परीक्षण गराइयो

मङ्गलवार, असार २६, २०८०

दमक । झापाको गौरीगञ्ज र दमकमा आयोजित निःशुल्क आँखा स्वास्थ्य परीक्षण शिवीरबाट ४२४ जना लाभान्वित भएका छन् । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको संयोजनमा निःशुल्क आँखा परीक्षण शिवीर गरिएको हो ।

असार २३, २४ र २५ गते लगाएर सञ्चालन गरिएको शिविरमा परीक्षणका लागि आएका ४२४ जनाको आँखा परीक्षण गरी आवश्यकता अनुसार २६० जनालाई चस्मा र १५८ जनालाई औषधिसमेत निःशुल्क प्रदान गरिएको जनाइएको छ ।

गौरीगञ्जमा सञ्चालित आँखा शिवीरमा भारतको कलकत्ताका नेत्र विषेशज्ञहरुबाट आँखाको परीक्षण गराइएको थियो । दमकमा सञ्चालित शिवीरमा पाथीभरा नेत्रालय र मेची नेत्रालयका विशेषज्ञहरुबाट आँखाको स्वास्थ्य परीक्षण गरिएको हो ।

नगर उपप्रमुखको अगुवाई र संयोजनमा सम्पन्न आँखा शिवीरमा गौरिगञ्ज क्षेत्रबाट १२० जना, दमकको पाथीभरा नेत्रालयमा १०४ जना र मेची नेत्रालयमा २०० जनाले आँखा जाँच गराएका दमक नगरपालीका महिला तथा बालबालिका शाखा प्रमुख सावित्रा भण्डारीले जानकारी दिएकी छन् ।

१० जनाको मोतियाविन्दु देखिएकोले शल्यक्रिया गर्नुपर्ने देखिएको दमकका उपप्रमुख भट्टराईले बताएकी छन् । उनीहरुलाई पनि अस्पतालसँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने उनले बताइन् ।

सम्बन्धित खबर