गौरादह। झापा गौरादहका एक व्यक्तिले आत्मदाह गरेका छन् । गौरादह नगरपालिका– १ बस्ने सत्यनारायण साहका छोरा ३५ वर्षीय रोशन साहले आफैले आफैलाई आगो लगाई आत्मदाह गरेका हुन् ।श्रीमती कामको सिलसिलामा विराटनगरमा बस्ने गरेको र आफ्नै घरमा बुवा-आमासँग बस्दै आएका साहले आफू सुत्ने कोठामा आगो लगाई आत्महत्या गरेका हुन् । उनको खाट छेउमा प्लास्टिकको ग्यालनको बिर्को खोलेको र ग्यालन डढेको अवस्थामा फेला परेको छ । उक्त ग्यालनमा कुन तरल पदार्थ थियो भन्ने कुरा यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाबारे बिहान ५ बजे इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिगई घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इप्रका दमकबाट टोली खटिएको प्रहरीले जनाएको छ ।