२०८१ फागुन १६, शुक्रवार , १०:५४:५४ बजे

Sajhamanch
'

संसदको अवरोध हटाउन आज पनि छलफलमा तीन नेता

सोमवार, असार २५, २०८०

काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि तीन शीर्ष नेताले छलफल गर्दैछन्।

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको हो।

यसअघि आइतबार पनि तीन नेताबीच संसद खुलाउने विषयमा सहमति भएको थियो। तीन नेताबीच प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भएको थियो। तर एमालेले पछि संसद खोल्न सहमति नरहेको भनेपछि प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियो।

१८ असारमा प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले राजीनामा माग गर्दै आएको छ।