२०८१ माघ २९, मङ्गलवार , ०२:२६:३४ बजे

Sajhamanch
'

ललिता निवास प्रकरणमा समरजंग कम्पनीका पूर्व प्रमुख पक्राउ

आइतवार, असार २४, २०८०

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याल रहेका सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर