काठमाण्डौ । आज देशका धेरै ठाउँमा पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी र सुदूरपश्चिमका एकरदुई ठाउँमा मात्रै अहिले हल्का वर्षा भैरहेको छ । आज एकरदुई ठाउँमा मात्रै मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर भोलि पर्सि फेरि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताए । यसवर्ष मनसुन कम सक्रिय हुँदा अहिलेसम्म लगातार झरी नपरेको पनि महाशाखाले जनाएको छ ।