२०८१ असोज ३, बिहिवार , ११:४२:१२ बजे

Sajhamanch
'

इलाममा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

शुक्रवार, असार २२, २०८०

इलाम । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन्। माईजोगमाई २ टारसिंहका पिताम्बर खतिवडाले ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आफैंले पनि आत्महत्या गरेका हुन्।

राधिका पिताम्बरका जेठी श्रीमती हुन् ।

गएराति करिब साढे १० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरू घरमा गएका थिए। घरभित्र चुकुल लगाएकै अवस्थामा श्रीमती राधिका लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

छिमेकीहरूको खबरपछि प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरीक्षक मदन बस्नेतको कमान्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो। साथै प्रहरी चौकी जौबारीबाटसमेत प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको कमान्डमा दुई जना प्रहरी घटना स्थल पुगेको थियो।

श्रीमती राधिकाको घटनास्थलमा नै मृत्यु भएको इलामका प्रहरी प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए। उनका अनुसार श्रीमती राधिकाको बायाँ गालाको भागमा दुईवटा गहिरो चोट लागेको फेला परेको छ। प्रहरीले धारिलो हतियारको प्रयोग भएको हुन सक्ने बताएको छ।

श्रीमतीको हत्यापछि घर नजिकैको रूखमा गएर खतिवडाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ।

आमाको हत्या बुवाले नै गरेको १४ वर्षीया छोरी रचना खतिवडाले बताएको प्रहरीे जानकारी दिएको छ। घटनास्थल सुरक्षित राखिएको प्रहरीले बताएका छन्।

दुई दिनअघि इलामको माई नगरपालिकामा जेठाजुले बुहारीको हत्या गरेका थिए।

सम्बन्धित खबर