काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले स्थगित रहेको आईपीओ प्रक्रिया खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार कम्पनीले सेयर संख्या थपघट वा फिर्ता लिन चाहनेका लागि यही असार २४ गतेसम्म खुला गरेको हो ।
आज (शुक्रबार)देखि असार २४ गतेसम्म सेयर थपघट, फिर्ता र खरिदका लागि सी–आस्बा सदस्य बैंकमा निवेदन दिन सकिनेछ । यसअघि, असार ४ गते धितोपत्र बोर्डले।कम्पनीको आईपीओमा फर्जी आवेदन परेको भन्दै निष्कासन प्रक्रिया बन्द गरेको थियो ।
यो कम्पनीको १० लाख कित्तासम्म आईपीओ माग गरिएको थियो । १० लाख कित्ताका लागि आवेदन दिनेलाई कारबाहीका निम्ति प्रहरीमा पत्र पठाउने र बिक्री प्रबन्धकमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै असार २० गते बोर्डले आईपीओ प्रक्रिया खुला गर्न निर्देशन दिएको थियो ।
घोराही सिमेन्टको आईपीओबारे बोर्डले गर्यो चार निर्णय, प्रहरीले छानबिन गर्ने
आईपीओमा परेको अवेदन फिर्ता गर्न सक्ने व्यवस्था गर्न पनि बोर्डले निर्देशन दिएको थियो । सोहीअनुसार कम्पनीले आउँदो आइतबारसम्म आवेदन खुला राख्ने र उक्त अवधिमा मागानुसार आवेदन नपरे असार ३१ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।
असार ३१ गतेभन्दा अगाडि नै मागभन्दा बढी आवेदन परेमा आवेदन प्रक्रिया बन्द गर्ने पनि जनाइएको छ ।