२०८१ मंसिर १४, शुक्रवार , ०४:३१:५९ बजे

Sajhamanch
'

नवीकरण तथा सूचीकरणका लागि आवेदन आह्वान

मङ्गलवार, असार १९, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालय, मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०।३।१९

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) को कर्पाेरेट कार्यालय तथा संस्थाद्वारा सञ्चालित विभिन्न व्यवसायहरुका लागि आवश्यक सूचना सम्प्रेषण, यन्त्र उपकरण, मसलन्द लगायतका वस्तु तथा सेवा प्रदायक व्यक्ति, फर्म तथा कम्पनीहरुबाट विगतमा सेवा प्रदान गर्दै आइरहेकाहरुको हकमा आर्थिक वर्ष २०८०।०८१ मा समेत नवीकरणका लागि आह्वान गरिन्छ । साथै विगतमा संस्थामा सूचीकृत नभएका तपसिलमा उल्लिखित क्षेत्रसँग सम्बन्धित व्यक्ति, फर्म वा कम्पनीहरुले समेत आर्थिक वर्ष २०८०।०८१ का लागि संस्थामा सूचीकृतका लागि निवेदन पेस गर्नहुन यो सूचना आह्वान गरिएको छ ।

सूचीकृत हुने क्षेत्रहरुः

१. सञ्चारमाध्यमहरुः छापा मिडिया, एफएम, अनलाइन, टिभी लगायतका हाल सञ्चालनमा रहेका सूचना सम्प्रेषणका सञ्चारमाध्यमहरुलाई नवीकरण वा सूचीकरणका लागि आह्वान गरिन्छ । साथै विज्ञापन एजेन्सीहरुले समेत यस शीर्षकमा सूचीकरणका लागि आवेदन पेस गर्न सक्नेछन् ।

२. मसलन्द सामग्री बिक्री तथा छपाईः संस्थाका लागि आवश्यक मसलन्द सामग्री बिक्री तथा छपाई गर्न इच्छुक फर्म वा कम्पनीबाट नवीकरण वा सूचीकरणका लागि आह्वान गरिन्छ ।

३. इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीः संस्थालाई आवश्यक पर्ने इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्रीसँग सम्बन्धित सेवाप्रदायक फर्म वा कम्पनीहरुबाट सूचीकरण वा नवीकरणका लागि आह्वान गरिन्छ ।

४. फर्निचर सामग्री आपूर्ति तथा निर्माणकर्ताः संस्थाका लागि आवश्यक फर्निचर सामग्री आपूर्तिकर्ता तथा निर्माणकर्तासँग सूचीकरण वा नवीकरणका लागि आह्वान गरिन्छ ।

५. फ्लेक्स प्रिन्ट तथा डिजिटल बोर्डः संस्थाका लागि आवश्यक फ्लेक्स प्रिन्ट तथा डिजिटल बोर्ड प्रयोजनार्थ सूचीकरण तथा नवीकरणका लागि आह्वान गरिन्छ ।

६. आइटी यन्त्र उपकरणः संस्थालाई आवश्यक पर्ने आइटी क्षेत्रसँग सम्बन्धित यन्त्र उपकरणका लागि नवीकरण वा सूचीकरणका लागि आह्वान गरिन्छ ।

७. बीमाः संस्थाका लागि विभिन्न क्षेत्रसँग सम्बन्धित बीमा गर्नुपर्ने हुँदा बीमा कार्यसँग सम्बन्धित कम्पनीहरुसँग नवीकरण वा सूचीकरणका लागि आह्वान गरिन्छ ।

८. इन्टरनेट सेवाः संस्थाका विभिन्न व्यवसाय तथा कार्यालयहरुका लागि आवश्यक इन्टरनेट तथा इन्ट्रानेट सेवाका लागि सेवाप्रदायक फर्म वा कम्पनीबाट सूचीकरण तथा नवीकरणका लागि आह्वान गरिन्छ ।

पुनश्चः

१. माथि उल्लिखित क्षेत्रहरुसँग सम्बन्धित नवीकरण वा सूचीकरणका लागि तपसिल अनुसारको कागजात पेस गर्नुपर्नेछः
– दर्ता प्रमाण पत्र/नवीकरण प्रमाण पत्र
– अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाण पत्र

२. आवेदनका साथ व्यक्ति, फर्म तथा कम्पनीले आफ्नो ठेगाना, इमेल ठेगाना, फोन नं., मोबाइल नं., वेबसाइट (उपलब्ध भए) अनिवार्य रुपमा उपलब्ध गराउनु पर्नेछ ।

३. संस्थाबाट उल्लेख भएबमोजिमको सेवा दिन सूचीकृत भएका फर्म तथा कम्पनीसँग मात्र कोटेसन आह्वान गरिने छ ।
४. संस्थाको आवश्यकताका आधारमा माग भएका सामग्री तोकिएको समयमा तोकिएको गुणस्तरमा उपलब्ध गराउन नसक्ने फर्महरुलाई सूचीकरणमा नराख्न सकिनेछ ।

५. सूचीकरण वा नवीकरणका लागि आवेदन पेस गर्ने अन्तिम मितिः २०८० असार ३१ गते आइतबार कार्यालय समयभित्र ।

६. आवेदन पेस गर्ने स्थानः संस्थाको कर्पाेरेट कार्यालय, मेचीनगर–६, काँकरभिट्टा वा संस्थाको आधिकारिक इमेल ठेगानाः [email protected]

थप जानकारीका लागि मोवाइल नम्बरः ९८५२६८९४१५ (प्रशासन विभाग)

– कर्पाेरेट कार्यालय

मङ्गलवार, असार १९, २०८० | विज्ञापन

सम्बन्धित खबर