![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Untitled-design-1-1.png)
सांकेतिक चित्र
हल्दिबारी । आज मंगलबार बिहानै झापाको हल्दिबारीमा एक अधबैंसेको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार भद्रपुर नगरपालिका ७ का ५३ वर्षीय गिरेन कर्मकारलाई हात्तीले मारेको हो ।
हल्दिबारी २ को देउनिया पूलभन्दा केही उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउछाउ जंगली च्याउ टिप्न गएका कर्मकारलाई हात्तीले मारेको प्रहरीले जनाएको छ ।