शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडा गौरवको योजना अन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ ।
वडाध्यक्ष सिकिन सिकिन पासवानले आफ्नो वडालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो उद्देश्यले वडा पवित्र माई खोलाको किनारमा भएकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि काम सुरु गरिएको बताए । यसै चालू आर्थिक वर्षबाट वडा गौरवको योजनाको रुपमा माइखोलाको किनारमा ‘भेलामुनी कनकाई धार्मिक पर्यटकीय स्थलको निर्माणको निम्ति काम पनि सुरु गरिसकेका छन् ।
शिवसताक्षी–५ ले आफूलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका निम्ति यस वर्ष माई भगवतीको मन्दिर निर्माण गरेको छ । अध्यक्ष पासवानले माई भगवती प्रति हिन्दू धर्मावालम्वीहरुको धेरै आस्था भएको भए पनि माई भगवतीको मन्दिर नभएकाले गर्दा आफ्नो वडामा सो मन्दिर प्रतिस्थापन गरिएको बताए । उनले आफ्नो कार्यकाल भरीमा गौरवको योजना बनाएरै धार्मिक पर्यटकीय क्षेत्रको विकासका निम्ति काम अगाडि बढाइसकेका छन् ।
शिवसताक्षी नगरपालिकाको वडा नम्बर ५ ले चालू आर्थिक वर्ष २०७९–०८० मा गरेका विकास निमार्णका कामहरुले वडाबासीमा खुशी ल्याएको छ । विकासको अध्ययन तथा अनुगमन गर्ने क्रममा उक्त वडाले बजेट, नीति तथा कार्यक्रम पुस्तिकामा समावेश गराएको शतप्रतिशत योजनाका कामहरु सम्पन्न गरिसकेको पाइएकोछ । यस वडाले आफ्नो योजनाका कामहरु साथै प्रदेश र संघीय सरकारका योजनाहरु सम्पन्नका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
शिवसताक्षी नगरपालिकाले आ।व २०७९÷०८० आफ्नो वडालाई ७५ लाख वडा बजेटको रुपमा प्रदान गरेको वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । वडाले ७५ लाखमध्ये पाँच लाख खेलकुदमा छुटाएर बाँकी रहेको ७० लाखले मात्रै भौतिक पूर्वधार, सामाजिक, आर्थिक विकासका साथै वडा कार्यालयको सञ्चालन गरेको बताइएको छ । शिवसताक्षी –५ ले ७० लाखबाट धेरै जिम्मेवारी पूरा गर्नुपर्ने संकटको बाबजुद निक्कै उल्लेखनीय काम गरेको छ ।
वडाले चालू आर्थिक वर्षमा प्रशासन सञ्चालनमा ५० हजार रकम राखेर अन्य सबै रकमहरु भौतिक पूर्वधार, सामाजिक र आर्थिक विकासका निम्ति विनियोजन गरेको थियो ।
वडाले चालू आवमा आर्थिक विकासमा पाँच लाख रुपैयाँ विनियोजन गरेर लक्षित वर्ग र समुदायलाई अर्थोपार्जनमा जोड्ने किसिमको सीपमूलक तालिममा जोडेको छ । वडाले यस शिर्षक अन्र्तगत क्षमता विकास तालिम, वातावरण मैत्री झोला निर्माण तालिम, माला बुन्ने तालिम, सिलाई कटाई र व्यूटिसियन सम्बन्धी तालिमहरु प्रदान गरेको छ । यसका साथै वडाध्यक्ष कृषि विकास तालिम कार्यक्रम अन्र्तगत बिउ बिजन वितरण र पशु बीमा कार्यक्रम पनि सम्पन्न गरेको छ ।
शिवसताक्षी–५ ले चालू आ।वमा सामाजिक विकासको निम्ति २४ लाख ४० हजार रकम विनियोजन गरेको थियो । वडाले यस बजेट मार्फत वडाध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्र्तगत उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुको साथै शिवगञ्ज बहुमुखी क्याम्पसको शैक्षिक सुधारको निम्ति दुई लाख ५० हजार रकम अनुदान दिएको छ । साथै युवा लक्षित सीपमुलक तालिम, जेष्ठ नागरिकहरुका निम्ति मनोसामाजिक परामर्श तालिम र अपांगता भएका व्यक्तिहरुका निम्ति सहायता सामग्री प्रदान लगायतका कार्यक्रमहरु सञ्चालन गरेर सम्पन्न गरेको छ ।
सामाजिक विकासका निम्ति वडा गौरवको योजनालाई समावेश गराएर भेलामुनी कनकाई धार्मिक पर्यटकीय स्थलको निर्माणको काम पनि सुरु गरेको छ । यसका साथै सामाजिक विकास कै बजेटबाट वडाको आधारभूत स्वास्थ्य केन्द्रमा फ्रिज खरिद गरी ¥याक निर्माण सम्पन्न गरेको छ । यसै गरी सडक बत्तिको जडान, वडाभित्रका विद्यालयहरुमा शैक्षिक सामग्री वितरण, लगायत थुप्रै कामहरु गरेको छ । यस वडाले आफ्ना बजेटको तुलनामा भौतिक पूर्वधारको विकासको निम्ति उल्लेखनीय काम गरेको देखिन्छ ।
भौतिक पूर्वधार विकासको निम्ति ४० लाख रुपैयाँ विजियोजन गरेको थियो । वडाले यो रकम अधिकांश सडक निर्माण र स्तरोन्नतिमा प्रयोग गरेको पाइएको छ । यस वडाले ४० लाख मध्ये पाँच लाख रुपैयाँ रकम कल्भर्ट निर्माण, आठ लाख रुपैयाँ पुल निर्माण र सात लाख रुपैयाँ वडा कार्यालयको भवन मर्मत तथा व्यवस्थापनको निम्ति विनियोजन गरेको थियो भने बाँकी रहेको २० लाख रुपैयाँ सडक ग्रावेल र स्तरोन्नतिका निम्ति विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा यस वडामा वडा बजेटबाट दुई वटा कल्भर्ट निर्माण भएका छन् भने एउटा पुल निर्माण गरिएको वडाध्यक्ष पासवानले जानकारी दिए ।
वडा अध्यक्ष पासवानले सडकमा ग्राबेल गर्ने र सडकको स्तरोन्नतिको नै माग धेरै भएकाले बजेट पनि त्यसैमा केन्द्रित भएको बताए । उनले आफू निर्वाचित भएकाले आफ्नो योजना भन्दा पनि नागरिकको मागमा केन्द्रित भएर काम गरिरहेको जानकारी दिए ।
यसका साथै शिवसताक्षी–५ मा नगर र प्रदेशको ५०÷५० प्रतिशत लागत सहभागितामा दुग्द्य चिस्यान केन्द्रको निर्माण भएको छ । साथै संघीय सरकार मार्फत सूर्योदय आधारभूत विद्यालयमा राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम मार्फत भवन निर्माणको काम भइरहेको छ ।