२०८१ माघ १२, शनिवार , ०८:३९:४७ बजे

Sajhamanch
'

चार महिनायताको उच्च विन्दुमा नेप्से

आइतवार, असार १०, २०८०

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार चार महिनायताकै उच्च विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा बन्द भएको छ । यो विन्दु फागुन २ गतेयताकै उच्च हो । फागुन २ गते नेप्से परिसूचक २१०५.४६ विन्दुमा बन्द भएको थियो । त्यसयताका दिनमा नेप्सेले उक्त विन्दु पार गर्न सकेको थिएन ।

आज कारोबार रकम पनि पाँच महिनायताकै उच्च छ । पुस २८ गते पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएकोमा त्यसयता कारोबार रकम पनि कम हुँदै आएको थियो ।

आज ६ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । यसदिन म्युचुअल फन्ड, ऋणपत्रलगायत २७५ धितोपत्रको एक करोड ४७ लाख ५१ हजार २४७ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । आज जीवन बिमा समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ७.७९ प्रतिशतले वृद्धि भएको छ ।

यसदिन लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स र साम्लिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, एनएमबि फिप्टीको इकाई मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ४९ करोड ९० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

सम्बन्धित खबर