काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग सकिने बेलामा मुख्य प्रायोजक पाएको छ ।
९ फागुनदेखि सुरु भएको लिगमा अहिले २५औं चरणको खेल चलिरहेको छ । चर्च ब्वाइज क्लब च्याम्पियन भइसकेको खेलमा अब जम्मा १० खेल मात्र बाँकी छ ।
लिग अन्तिम चरणमा पुगिसकेको अवस्थामा एन्फाको आपतकालीन बैठकले मुख्य प्रयोजकका रुपमा कतार एयरवेजको प्रस्ताव स्वीकार गरेको छ ।
यो वर्ष २०२३ का लागि ५० हजार र २०२४ का लागि १ लाख ५० हजार अमेरिकी डलरको प्रायोजन प्रस्ताव स्वीकार गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।