काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण सविधानको उल्लंघन र संसदको अपमान भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार बसेको एमाले सचिवालयको बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको एमालेले बताएको छ ।
तत्कालीन राष्ट्रपतिले संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक निश्क्रिय भइसकेको भन्दै एमालेले नयाँ संसद आइसकेको अवस्थामा यसरी विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको बताएको छ ।