जनकपुरधाम । महोत्तरीस्थित एनएमबि बैंकको रकम लुटपाट गरिएको छ । महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयबाट हतियारधारी समूहले मंगलबार ३५ लाख रुपैयाँ लुटपाट गरेको हो ।
दिउँसो १२ बजेर २५ मिनेटमा हतियार देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।