२०८१ कार्तिक २, शुक्रवार , ०५:००:२९ बजे

Sajhamanch
'

नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल गर्न संघीय संसद्को संयुक्त बैठक बस्दै

आइतवार, जेठ १४, २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ ।संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने बताइएको छ ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौला प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्, भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । सो नियमावली पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा।भरतराज गौतमले जानकारी दिए ।

सम्बन्धित खबर