२०८१ पौष ५, शुक्रवार , ०९:५९:५१ बजे

Sajhamanch
'

लापरबाहीपूर्वक कार चलाएर दुर्घटना गराउने पृथ्वी मल्ललाई ४ वर्ष जेल सजाय

आइतवार, जेठ ७, २०८०

काठमाडौँ । लापरबाहीपूर्वक कार चलाएर दुर्घटना गराउने बुढानीलकण्ठ(८ भद्रकालीका पृथ्वी मल्ललाई पाटन उच्च अदालतले ४ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले फैसला सुनाउँदै मल्ललाई जेल सजाय र जरिवानाको फैसला गरेको अदालतका शाखा अधिकृत गिरिराज भण्डारीले बताए ।

मल्लले लापरबाहीपूर्वक चलाएको कारले २०७६ मंसिर २८ गते बिहान १० बजे ठक्कर दिँदा लीला देवकोटाको घटनास्थलमै मृत्यु भयो । मादक पदार्थ सेवन गरेका र कार चलाउने लाइसेन्स पनि नभएका मल्लले अनियन्त्रित तवरले तीव्र गतिमा चलाएको कारले बूढानीलकण्ठ–५ स्थित फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएको थियो ।

सम्बन्धित खबर