काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण निर्णय गर्ने भएको छ । केन्द्रीय सदस्यहरूबाट आएका सुझावका आधारमा आज आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण निर्णय गर्ने राप्रपाले जनाएको छ ।
राप्रपाको केन्द्रीय समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल भएको छ ।
राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक, सांगठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजंग गुरुङको सचिवालयसम्बन्धी, महामन्त्री धवलशम्शेर राणाको सांगठनसम्बन्धी, कोषाध्यक्ष निलकण्ठ काफ्लेको आर्थिकसम्बन्धी र सातै प्रदेशका अध्यक्षको प्रादेशिक प्रतिवेदन बैठकमा प्रस्तुत भएका छन् ।
राप्रपाको केन्द्रीय समिति बैठकमा प्रतिवेदनहरू प्रस्तुत
सोमबारदेखि काठमाडौंमा सुरु बैठकमा अध्यक्षबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा सदस्यले जोड दिएका छन् । राजसंस्था, हिन्दुराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नु पर्नेलागयत सुझाव दिएका छन् । प्रतिवेदनमा पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवद्र्धनवादी विश्व संगठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दुराष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल भएको नेताहरूले बताएका छन् ।