काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका ग्राहक तथा सेवाग्राहीको समस्या सम्बोधन गर्न निर्देशन दिएका छन् ।
छलफलमा राष्ट्र बैंकको तर्फबाट निर्देशन किरण पण्डित तथा नेपाल बैंकर्स संघको तर्फबाट अध्यक्ष सुनिल केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गभर्नर अधिकारीले सेवाग्राहीको गुनासो सम्बोधन गर्न तथा यसलाई डिजिटल प्रणालीबाट छिटो समाधान गर्न निर्देशन दिए ।
“बैंकहरूले सेवाग्राहीका सानादेखि ठूलासम्म समस्या छिटो समाधान गर्नुपर्ने हुन्छ,”अधिकारीले सीईओहरूसँग भने,“बैंकले सेवाग्राहीको गुनासो सम्बोधन नगरेको कारण समेत समस्या पर्ने हुँदा यसलाई सम्बोधन गर्नुहोस् ।”
बैठकमा वाणिज्य बैंकका सीईओसहित गुनासो सुन्ने अधिकारी सहभागी थिए ।
बैकर्स संघका अध्यक्ष सुनिल केसीले सेवाग्राहीलाई समस्या पर्न नदिन केन्द्रीय बैंकले छलफल गरेको जानकारी दिए ।