भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी छेउ देउनिया खोलामा मृत्यु संस्कारका लागि व्यवस्थित घाट निर्माणको शिलान्यास गरिएको छ । चन्द्रगढी सामुदायिक वनको अगुवाइमा चन्द्रगढ मोक्षघाट नाम दिइएको शवदाह स्थलको भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले शिलान्यास गरेका हुन् ।
वन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा घाट शिलान्यास कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री ओमप्रकाश सरावगी, भद्रपुर नगरका र उपप्रमुख राधा कार्कीले समयमा नै मोक्ष घाटको निर्माण सम्पन्न गर्न चौतर्फी सहयोग आदान प्रदान हुनुपर्ने औंल्याएका थिए ।
भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, बिर्तामोड ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल लगायतले शिलान्यास कार्यक्रममा मन्तव्य राख्दै मोक्षघाट बिर्तामोड र भद्रपुरका बासिन्दाका लागि आवश्यक रहेको हुँदा निर्माण सम्पन्न गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।