२०८१ असोज ३, बिहिवार , ०९:००:५९ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, वैशाख २६, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/०१/२५

जिल्ला झापा मेचीनगर ५ बस्ने स्व. धनप्रसाद गिरी (सदस्य नं. ७३२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७५ साल मंसिर १३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर ५ बस्ने निजका श्रीमती देवमाया गिरीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल बैशाख ११ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी इटाभट्टा कार्यालय

मङ्गलवार, वैशाख २६, २०८० | विज्ञापन

सम्बन्धित खबर