जनकपुरधाम । धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ ।
धनुषाको हंशपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर उनकै नातिनी १४ महिने लक्ष्मीनिया कुमारीको मृत्यु भएको हो ।
आज आइतबार दिउँसो आफ्नै घरमा गाडी पछाडि गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडी पनि नियन्त्रणमा लिएको छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।