२०८१ कार्तिक २, शुक्रवार , ०८:०५:४१ बजे

Sajhamanch
'

दुधे आयुर्वेद औषधालयमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढीको स्वास्थ्य परीक्षण

शुक्रवार, वैशाख ८, २०८०

शिवसताक्षी । शिवसताक्षीमा दूधे आयुर्वेदद्वारा आयोजित निशुल्क एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
जसमा ५० जनाले ल्याब परीक्षण र ५० जनाले स्नेहन, स्वेदन थेरापी र फिजियोथेरापी गरिएको दुधे आयुर्वेद औषधालयले जनाएको छ। शिविरको उद्घाटन क्षेत्र नं. ४ को सांसद एलपी साँवाले गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले यो आयुर्वेद पद्धति परा पुर्व कालदेखि आएको पद्धति भएकाले पनि यसले अर्गायानिक तरिकाले मानिस स्वस्थ हुने बताए । आयुर्वेद चिकित्सा प्रणाली धेरै अगाडि विकास भए पनि पछिल्लो समय औषधिको गुणस्तर र टेकनोलोजीले गर्दा प्रभावकारीता बढ्दै गएको छ।

कतिपय एलोपेथिक औषधिले निको नहुने रोगहरु पनि आयुर्वेद औषधिले निको पारेको हामीले देख्दै र भोग्दै आएको उनले बताए । मानिस सुविधा सम्पन्न हुँदै गर्दा विभिन्न रोगहरुबाट पीडित बनेको छ । एउटा रोगको आषधि चलाउँदै त्यसको साइड इफेटले अर्के रोग जन्मने क्रम पनि बढ्दै गएकाले फेरी हामी पुरानै आयुर्वेद पद्धति तिर फर्कदै गरेको उनको भनाई थियो ।

शिविरमा ३ लाख बरारबरको ६० प्रकारका औषधि निशुल्क वितरण गरिएको दूधे आयुर्वेद औषाधालयका निरिक्षक तथा कविराज राजेन्द्र पोख्रेलले जानकारी दिए ।

शिविरमा सबै उमेर समूहका मानिसहरुले सेवा लिएका थिए । कार्यक्रममको उद्घाटनमा नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा डा.रविन भुषाल शल्य चिकित्सा विशेषज्ञ, केनिन राई काय चिकित्सा विशेषज्ञ, अनिल कुमार यादव र विजय प्रधान आयुर्वेद चिकित्सा विशेषज्ञहरुले सहजीकरण गरेका थिए ।

शुक्रवार, वैशाख ८, २०८० | विविधा, समाज, स्वास्थ्य

सम्बन्धित खबर