शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा नव बर्ष अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा अबको साहित्य समय सापेक्ष र सकारात्मक सन्देश दिन सक्ने लेखिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद मानवीय राधाकृष्ण खनालले बताए।
कार्यक्रममा साहित्यकार गोपालप्रसाद दाहाल र शिवसताक्षी १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ,विशेष आतिथ्य रहेको थियो ।
२०४९ मा दर्ता भइ स्थापना भएको नवरङ साहित्य प्रतिष्ठान र २०६३मा दर्ता भइ स्थापना भएको धर्नासो साहित्य प्रतिष्ठान धरमपुरका यी दुबै संस्थाको अस्तित्व रहने गरि नवरङको (नव) अनि धर्नासोको (नासो) जोडेर २०७२मा नवनासो साहित्य प्रतिष्ठानको स्थापना भएको हो ।
शिवसताक्षी नगरपालिकाकै सबैभन्दा पुरानो दर्तावाल साहित्यिक हो यो।करिब सात लाखौंको अक्षयकोषबाट दुइवटा पुरस्कारको वितरण, पुस्तकालय सञ्चालन र अन्य नियमित कार्यक्रमहरु गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेले जानकारी दिए।
भाषा,साहित्य कला र संस्कृतिको संरक्षण सम्बर्द्धनमा नगरपालिकाले गर्नुपर्ने काम नवनासो साहित्य प्रतिष्ठानले आफ्नै बलबुताले गरिरहेकोमा वडा अध्यक्ष चेम्जोङले प्रसंशा गरे।
कार्यक्रममा कविहरु हरि पराजुली, मुकुन्द लामिछाने, सूर्य कुईँकेल,कृष्ण घिमिरे वाचन गरेका थिए भने पत्रकार छविलाल दवाडी ,समाजसेवी केदार कार्की ,नगेन्द्र बोहरा ,चन्द्रवीर नेम्वाङ र मोहन सिन्चिउरीले नव बर्षको शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा वडा सदस्य उमा माझी ,सामाजिक व्यक्तित्व नरेन्द्र दाहाल, तुलसी दाहाल, घनश्याम पोखरेल, अमृत गिरि,अर्जुन राई,मोतीलाल खवास,मेरिना, टंक न्यौपाने ,विचारी लावती, सरिता चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष निहाङ किरातीले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तेजेन्द्र घिमिरेले गरेका थिए ।