शिवसताक्षी । झापाको शिवसताक्षीमा बौद्ध धर्मालम्बीहरुले ञ्युङ्ने ब्रत सुरु गरेका छन् ।
शिवसताक्षी १० स्थित माइधाममा रहेको टाँसी छोलिङ्ग बौद्ध गुम्बाको आयोजनामा चैत्र १ गतेबाट ४ गतेसम्ममा बौद्ध धर्मालम्बीहरुले ब्रत सुरु गरेका छन् ।
आज पहिलो दिन गुरुहरुबाट ब्रतको उद्देश्य र औचित्यका बारेमा प्रवचन र भोलीदेखि लगातर तीन दिन मौन ब्रत बसिने टाँसी छोलिङ्ग बौद्ध गुम्बाका अध्यक्ष धनबहादुर गुरुङ्गले जानकारी दिए । उनले माइधाममा ब्रत बस्नका लागि कोशी प्रदेशका विभिन्न ठाउँहरुबाट श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको बताए ।
यस पर्वलाई गुरुङ्ग समुदायले मुख्य पर्वको रुपमा लिने गरेको उनको भनाई छ ।
दशैंमा देवी देवतालाई भोग चढाउनका लागि भनेर धेरै काटमार गर्ने गरिन्छ । यी सबै जीवजन्तुहरुको मुक्तीको कामनासहित बौद्ध धर्मालम्बीहरु तीन दिनसम्म मौन ब्रत (ञ्युङने ब्रत) बस्ने प्रचलन रहेको संस्थाका सदस्य सन्तोष गुरुङ्गले जानकारी दिए ।
मौन ब्रत बसेका बेला गुरुहरुबाट प्रवचन हुने गर्दछ । जसका लागि आचार्य साङ्गे लेग्देन भुपेन गरुङ्गको नेतृत्वमा प्रवचन, आयु अभिषेक तथा बौद्ध धर्मको मुख्य ग्रन्थहरुको व्याख्या गरिने कार्यक्रम रहेको संस्थाका सचिव मदन किशोर गुरुङ्गले जानकारी दिए ।
अहिंसा र शान्तिको प्रतिक भगवान बुद्धका अनुयायीहरुले बिभिन्न धर्म, संस्कार, चाड पर्वमा देव देवीको नाममा लाखौं निर्दोस पशुपंछिहरुको ।बली चढाइएकाहरुको आत्माको शान्तीको कामना गर्दै यस ब्रत बस्ने गर्दछन् ।
बली दिने परम्परालाई कम गदै लैजाने र हिंसकहरुको मनमा बोधिचित्त र करुणा उत्पन्न होस् र सबै प्राणीको उद्धार एवं मुत्तिको लागि बौद्ध धर्म दर्शनमा मौन ब्रत बस्ने परम्परा रहेको छ । दशैंको नाममा लाखौं पशुपन्छीहरुको बली दिने गरेको बेलामा बस्ने गरिन्छ ।