विर्तामोड । रिटर्नी फेडेरेसन नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले जनसंगठन रेटर्नी फेडेरेसनको झापा जिल्ला अध्यक्षमा खड्ग भण्डारी चयन भएका छन् ।
उपाध्यक्षमा अम्बिका प्रसाई, तीलबहादुर बस्नेत, सचिवमा विनोद चौहान, सहसचिवमा बलराम अर्याल र भानुभक्त चुडाल, कोषाध्यक्षमा गोमा न्यौपाने उप्रेती सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै अधिवेशनले सदस्यहरुमा गीता खरेल, कुवेरप्रसाद काइराला, पारस आचार्य, मालता गोले तामाङ्ग, रेवन्ता अधिकारी, प्रज्ञान न्यौपाने, चेतन रिमाल, शिवलाल बस्नेत, हरिकुमार पुरी, कन्चन घिमिरे, गणेश भण्डारी, प्रेम चापागाईँ र राजेन्द्र उप्रेतीलाई चयन गरेका छ।
अधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्व कानुन मन्त्री तथा झापा जिल्ला इन्चार्ज अग्नी खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष दिपक कार्की, जिल्ल कमिठी सचिव शिव ढुगेंल, जिल्ला पार्टी कार्यालय सचिव छविलला विश्वकर्मा, रेटर्नी फेडेरेसनका केन्द्रिय सचिवालय सदस्य भरत शिवकोटी लगायतको उपस्थिति रहेको थियो । अधिवेशन नेकपा एमाले जिल्ला पार्टी कार्यालय झापामा सम्पन्न भएको थियो ।