२०८१ पौष २७, शनिवार , ०१:०६:५७ बजे

Sajhamanch
'

शिवसताक्षी नगरका ६ वटा वडामा स्वस्थ जीवन शैली सम्बन्धी अभिमुखीकरण

शुक्रवार, फागुन १९, २०७९

शिवसताक्षी । शिवसताक्षीमा रहेको दुधे आयुर्बेद औषधालयको आयोजनामा संयमित जीवनशैली उचित आहार, विहार, योगासन, ध्यान, प्राणायाम सम्बन्धी अभिमुखिकरण आज समापन गरेको छ ।

फागुन ०४ गते शिवसताक्षी न.पा. ११ स्थित दुधे आर्युेवेदको कार्यालयबाट सुरु गरिएको अभिमुखीकरण आज वडा नं. २ मा समापन गरिएको हो ।

जीवन शैली परिवर्तनको माध्यमबाट आरोग्य, आत्मविश्वास र बौद्धिक मनोबल वृद्धि तथा चित्त शुद्ध गर्न सकिने दूधे आयुर्वेदका कविराज तथा निरिक्षक राजेन्द्र पोख्रलले जानकारी दिए ।

उनले जनसमुदायमा स्वस्थ–जीवनशैली सम्बन्धी सामान्य जानकारी प्रदान गर्ने उद्देश्यका साथ नसर्ने रोगहरू र जोखिम कारकहरू को बोझ कम गर्न र स्वस्थ जीवनशैली संस्कृतिको कार्यान्वयन एवं स्थापना गर्न नगरका ६ वटा वडाहरुमा कार्यक्रम सञ्चालन गरिएको बताए ।

हाल महामारीको रुपमा फैलदै गईरहेका नसर्ने रोगहरुले हरेक घरका सदस्यहरु प्रभावित भई सुगर, प्रेसर, मृगौला रोगी, कलेजो रोगी, थाईराईड, क्यान्सर, पायल्स, दम, वाथ जस्ता रोगहरु डरलाग्दो रुपमा देखिन थालेको छ । उनले भने, यसको बेलैमा रोकथाम नगरे विकराल रुप लिने कुरा सचेत गराउँदै दुधे आयुर्बेद औषधालयले नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरेको हो ।

नगरपालिकाका ६ वटा वडाहरु वडा नं.२, ४, ५, ६, ९ र ११ मा अभिमुखिकरण तथा वडा नागरिक आरोग्य समिति गठन गरि कार्यक्रम गरिएको थियो ।

अघिल्लो बर्ष नगरस्तरिय नागरिक आरोग्य समिति र ५ वटा वडहरु १, ३, ७, ८ र १० मा अभिमुखिकरण तथा वडा नागरिक आरोग्य समुह निर्माण गरि सकिएको बताइएको छ ।

आगामी आ.व.बाट सबै वडाका समुहहरु परिचालन गरि टोल टोलमा विविध स्वास्थ्य प्रर्वद्धन, जनचेलनामूलक कार्यक्रम, सरसफाई, योग शिविर जस्ता विविध क्रमकार्यहरु संचालन गर्ने दूधे आयुर्वेद औषधालयले जनाएको छ ।

सबै ब्यक्ति सम्म आफ्नो स्वास्थ्य प्रति सचेत रहन मेरो स्वास्थ्य मेरो जिम्मेवारी बोध गराउने र परिवार, समाज, वडा हुदै सम्पूर्ण नगरवासीहरुलाई स्वस्थ जीवनशैली यापन गर्ने अवस्थाको चेतना फैलाउने लक्ष रहेको कविराज निरिक्षक राजेन्द्र पोख्रेलले बताए ।

कार्यक्रम मार्फत जनप्रतिनिधी, विद्यालयका प्राचार्य, स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयं सेविका, आमा समूहका प्रतिनिधी, स्थानिय समाजसेवी, सामाजिक अभियान्ता, कर्मचारी आदि गरि जम्मा ४०० जनालाई यो कार्यक्रम मार्फत स्वास्थ्य जीवनशैली, स्थानिय जडिबुटीको प्रयोग, स्वास्थकर खानपिन तथा दैनिक ब्यबहार, योग, ब्यायाम, ध्यान, नसर्नेरोगहरुको रोकथाम जस्ता विषयहरु अभिमुखिकरण गराईएको थियो ।

जम्मा ६ दिन सम्म संचालन भएको कार्यक्रममा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र प्रमुख डा.अनिल कुमार यादव, बरिष्ठ कविराज निरिक्षक अनिल ठाकुर, कविराज निरिक्षक टेकनाथ अर्याल, कविराज निरिक्षक राजेन्द्र पोख्रेल, बैध निरिक्षक विष्णु घिमिरेले सहजीकरण गरेका थिए। नगरका सबै वडाका वडाध्यक्षहरुको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायतले कार्यक्रमको उद्घाटन तथा अनुगमन गरेका थिए ।

शुक्रवार, फागुन १९, २०७९ | विविधा, समाज

सम्बन्धित खबर