२०८१ मंसिर १३, बिहिवार , ०६:४७:५८ बजे

Sajhamanch
'

कमलको सिकाई केन्द्रका महिलाले उत्पादन गरे मह

बिहिवार, फागुन ११, २०७९

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रमा आवद्ध महिला समूहद्वारा मौरीको मह उत्पादन सुरु गरिएको छ । केन्द्रको आयोजनामा कमल गाउँपालिका शिक्षा शाखाको सशर्त अनुदान लिएर मौरीपालन गर्दै आएका महिलाले पहिलोपटक उत्पादन गरेको मह गाउँपालिकाका जनप्रतिनिधिहरुलाई पनि चखाएका छन् ।

पहिलो चरणमा उत्पादन गरिएको मह सिकाई केन्द्रको कार्यालयमा उपस्थित गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने, केन्द्रका निवर्तमान अध्यक्ष गौरीमान फागो, वडा नम्वर ३ का अध्याक्ष अग्निप्रसाद कोइराला, शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने लगायत संस्थाका पदाधिकारीले मह खाएका केन्द्रका अध्यक्ष चन्द्रा पराजुलीले बताइन् ।

सिकाई केन्द्रको वार्षिक कार्यक्रम अनुसार केन्द्रमा आवद्ध महिलाले आयआर्जन कार्यक्रम मार्फत गरिएको मौरीपालनबाट पहिलोपटक ११ वटा घारबाट १४ केजी मह उत्पादन गरेको जनाएको छ ।

सम्बन्धित खबर