२०८१ मंसिर ९, आइतवार , ०४:०६:४६ बजे

Sajhamanch
'

शिवसताक्षी ११ स्थित दुधे खोलामा ५८ मिटर तटबन्धनको काम सकियो

सोमवार, फागुन ८, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित दूधे खोलामा तटबन्धनको काम सम्पन्न भएको छ ।

शिवसताक्षी ११ उत्तर क्षेत्र आदर्श प्रगति टोलमा पर्ने दूधे खोलामा ५८ मिटर तटबन्धनको काम सम्पन्न भएको हो ।

सृजना टोलबाट फोक्लेण्ड  टापु जोड्ने झोलुङ्ग पुल, दुधे खोला कटानबाट क्षति हुने भएपछि नगरपालिका तत्कालन सो क्षेत्रमा तटबन्धन गरेको हो ।

खोला कटानबाट स्थानीय बासीको ५ घर सहित मन्दिर जोखिममा परेको थियो । तटबन्धन १० लाखको लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ।

दूधे खोलाको कटानबाट नवनिर्मित झोलुङ्गे पुल र स्थानीयको घर नै जोखिम हुने भएपछि वर्षायाम अगावै सो क्षेत्रमा तटबन्धन गरिएको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए ।

नगरपालिकाले खोला वा नदि कटानबाट अति जोखिम भएका क्षेत्रहरुको पहिचान गरी बैसाख सम्ममा काम सक्ने गरी निर्माण कार्य गर्दै आएको समेत नगरप्रमुख थोप्राले जानकारी दिए ।

सो क्षेत्रमा तटबन्धन गरिएका पनि तटबन्धदेखि माथि अग्लो डिल भएकाले माथिबाट पानीको धरधरे लाग्ने सम्भावना रहेको स्थानीय बासीले बताउँछन् । नगरपालिकाले माथिको भागलाई पनि सुरक्षा गर्न सक्यो भने, पूर्णरुपमा खोला कटान नियन्त्रण हुने स्थानीय शिवराज राईले जानकारी दिए । तटबन्धन भएपछि स्थानीय बासीले राहत महशुष गरेका छन् । लाली गुराँस निर्माण सेवाले उक्त तटबन्धन निर्माण गरेको थियो ।

सम्बन्धित खबर