शिवसताक्षी । झापा शिवसताक्षीको चिल्लागढ धाममा धार्मिक मेला लाग्ने भएको छ । शिवरात्रीमा धार्मिक क्षेत्र चिल्लाढ धाममा तीन दिन मेला लाग्ने भएको हो ।
शिवसताक्षीको त्रिधाम मध्ये चिल्लागढ धामको विकास, प्रर्वधन र व्यापक प्रचार प्रसारका लागि धार्मिक मेलाको आयोजना गरिएको चिल्लाढधाम पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए ।
अध्यक्ष तुम्बापोका अुनसार यही फागुन ५ गतेदेखि ७ गतेसम्म मेलाको आयोजना गरिएको हो । शिवरात्रीमा चिल्लागढधाम परिसरमा पुजाआजा गरिनेछ । धाम परिसर बाहिर मेलाका लगाइने चिल्लागढधाम पर्यटन विकास समितिले जनाएको छ ।
मेलामा विभिन्न जातजातिहरुको नृत्य समेत प्रस्तुत गरिने बताइएको छ । मेला फागुन ५ गते उद्घानटन गरिने छ भने बेलुकी विभिन्न कीर्तन मण्डली बीच भजन प्रतियोगिताको समेत आयोजना गरिएको चिल्लागढधाम पर्यटन विकास समितिले जनाएको छ।
चिल्लागढधाम मन्दिरमा फागुन ६ गते पुजा आराधना गरी प्रसाद ग्रहण गरेपछि ७ गते मेलाको समापन गरिने बताइको छ । अध्यक्ष तुम्बापोका अनुसार मेलामा नेपालको राष्ट्रिय कलाकार सहित स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ ।