२०८१ कार्तिक ३०, शुक्रवार , ११:४१:५९ बजे

Sajhamanch
'

पशुपति एकाडेमीले ३३ औ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइयो

बुधवार, पौष २७, २०७९

शिवसताक्षी । झापा शिवसतााक्षी ८ झिलझिले स्थित पशुपति एकाडेमीले ३३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयको प्राङ्गणमा भएको बार्षिकोत्सव कार्यक्रमको प्रदेश सांसद राधाकृष्ण खनालले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सांसद राधाकृष्ण खनालले सामुदायिक विद्यालयमा मात्र होइन संस्थागत विद्यालयले पनि उच्च शिक्षा दिन सक्षम रहेको बताए । विद्यार्थी अनुशासित र पर्यदित बनाउन नैतिक शिक्षाको ठूलो भूमिका रहन्छ । यस पशुपति एकाडेमीले नैतिक शिक्षालाई विशेष जोड दिएको पाए । उनले भने, यो शिक्षाकोे विद्यार्थीको भविष्य कोर्न ठूलो योगदान रहने छ । विद्यार्थी किताबी ज्ञान मात्र नभई वाह्यि ज्ञान पनि उतिकै आवश्यक छ । विद्यार्थीले चौतर्फी ज्ञान हासिल गर्न सके मात्र उ देशका लागि योग्य नागरिक बन्न सक्ने उनको भनाई थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाईले सामुदायिक विद्यालय संस्थागत विद्यालयलाई राज्य हेर्ने दृष्टिण समान राख्नु पर्ने बताए । संस्थागत विद्यालयहरुले धेरैलाई रोजगार समेत सृजना गरेको छ । विद्यालय एउटा शिक्षाको मन्दिर भएकाले पनि यसलाई राज्यले विभेद गर्न नहुने उनले बताए ।

वार्षिकोत्सवको अवसर पारेर वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा दीक्षा पाठकलाई विद्यालयले सम्मान गरेको । त्यसैगरी सोही विद्यालयबाट माध्यमिक तहको शिक्षा पुरा गरेकी एलिजा घिमिरेलाई पनि विद्यालयले सम्मान गरेको थियो ।
कार्यक्रमा विद्यालयका प्रिन्सिपल चन्द्रप्रसाद खनालले शिक्षा मानव जीवनको लागि अपरिहार्य भएको बताए ।

शिक्षाबाट जागिर खुवाइदैन जागिर उत्पादन गर्न सिकान्छ । शिक्षाले व्यवस्थापन गर्न सिकाउछ । शिक्षाले तपाईको आन्तरिक शक्तिको विकास गर्ने भएकाले यसले अध्यारोलाई हटाएर उज्यालो प्रदान गर्ने प्रिन्सिपल खनाले जानकारी दिए । उनले अभिभावकहरुलाई विद्यालयलाई ३३ औं वर्ष सम्म ल्याउन सहयोग गर्नु भएकोमा धन्यवाद दिएका थिए ।
वार्षिकोत्सवमा विद्यार्थीहरुले आमाको बारेमा नाटक प्रस्तुत गरेका थिए ।

विद्यालयका सबै कक्षाका विद्यार्थीहरुले गायन, नृत्य, प्रस्तुत गरेका विद्यालय शिक्षक पदम पाठकले बताए। विद्यार्थीले लागुऔषध विरुद्ध विरुद्ध सचेतना नाटक समेत प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महोन मैनालीको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, अभिभावक ज्यूहरु र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक पदम पाठकले गरेका थिए ।

सम्बन्धित खबर