शिवसताक्षी । झापा शिवसताक्षी १० की सपना ऋषिदेवको उपचारमा शिवसताक्षी नगरपालिकाले सहयोग गर्ने भएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण निकाल्न नसक्दा स्टल बोकेरै घस्स्रिनु पर्ने बाध्यता हट्ने भएको हो ।
शिवसताक्षी १० माइधारकी सपना ऋषिदेवको एक वर्ष अघि जंगलमा दाउरा काट्ने क्रममा लढेर खुट्टा भाँचिदा स्टिल हाल्नु परेको थियो । एकवर्ष अघि गाउँघरमा सहयोग मागी मेची अञ्चल अस्पतालमा लगेर उनको खुट्टामा स्टिल राखिएको उनका सपनाका श्रीमान् कृष्णकुमार ऋषिदेवले बताए । गएको कार्तिक महिना मै उनको खुट्टाको स्टिल झिक्नु पर्ने हो । श्रीमानले भने, हामीसँग उपचारमा लाग्ने खर्च नहुँदा त्यतिकै बसेका छौं । डाक्टरले खुट्टामा स्टिल राखेपछि क्यालसियम, भिटामिन र अन्य औषधिहरु लेखिदिएको थियो । आफुसँग पैसा नहुँदा उनलाई औषधि खुवान समेत नसकिएको श्रीमान् कृष्णकुमारले बताए ।
डाक्टरले खुट्टा जोडिएको छैन भने फेरी थप उपचार गर्नुपर्छ भनेको छ । सपनाले भनिन्, मेरो खुट्टा विरामी भएपछि श्रीमानले बनिबुतो गरेर ल्याएको कमाईले घरमा खान समेत पुग्दैन । उनले छोरा छोरीको जाँच फी पनि तीर्न नसक्दा थप समस्यामा परेको गुनासो गरिन् ।
उनको खुट्टा भाँचिएपछि उपचारका लागि भद्रपुर अस्पतालमा पुर्याउन सहयोग गरेको माइधाम मेडिकलका सञ्चालक भिम सुवेदीले बताए । गरिब परिवार भएकाले पैसा नहुँदा कति औषधिहरु मैले निशुल्क दिएका छु । सञ्चालक सुवेदीले भने, हाल स्टिल झिक्नका लागि ठूलो रकम लाग्ने भएकाले विरामीले खुट्टामा स्टिल बोकेरै बस्नु परेको छ ।
सपनाको खुट्टा उपचारका लागि शिवसताक्षी नगरपालिकाले सहयोग गर्ने भएको छ ।
शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले ऋषिदेवको घरैमा गएर उनको उपचारका लागि आम्दा अस्पतालका डाक्टरसँग कुरा भइसहेको जानकारी दिइन् । हामीले उनको उपचारमा नगरपालिकाबाट केही सहयोग गछौं र जनप्रतिनिधिहरुबाट पनि सहयोग गर्नेछौ । उपप्रमुख कार्कीले भनिन् भोलि नै श्रीमान् कृष्णकुमारलाई नगरपालिकामा आउन समेत आग्रह गरेकी छिन् । उनले यस्तो अवस्था हुँदा पनि वडा तथा नगरपालिकालाई खबर नगरेकोमा गुनासो गरिन् ।
ऋषिदेवको परिवार कनकाइमाई पुल उत्तर सुकुम्बासी बस्तीमा विगत १३ वर्षदेखि बस्दै आएको छ ।