२०८१ असोज ४, शुक्रवार , ०८:५३:०० बजे

Sajhamanch
'

देउनियामा ‘फोर ह्वीलर’ सर्भिस स्टेशन सुरु

सोमवार, पौष १८, २०७९

भद्रपुर । भद्रपुर–१० देउनियामा गाडी सर्भिसका लागि सुविधा सम्पन्न झापा अटो सञ्चलनमा आएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले रिवन काटेर झापा अटोको उद्घाटन गरेका हुन् । चार कठ्ठा जग्गा बहालमा लिएर भद्रपुर १० का विभुराज दाहाल र नेत्रकुमार राजवंशीले झापा अटो सञ्चालनमा ल्याएको जनाइएको छ ।

करिब एक करोड २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा सुरु गरिएको झापा अटोबाट सबै कम्पनीका ‘फोर ह्वीलर’ गाडी मर्मत गरिने सञ्चालक राजवंशीको भनाइ छ ।

झापा अटोमा सर्भिसिङ, डेन्टिङ पेन्टिङ, स्पेयर्स पार्ट, वासिङ, होम सर्भिसको व्यवस्था रहेको जनाइएको छ । निकट भविष्यमै इलेक्ट्रोनिक सवारी साधनका लागि चार्जिङ स्टेशनसमेत सञ्चालन गरिने सञ्चालक विभुराज दाहालले बताए । झापा अटोमा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सम्बन्धित खबर