२०८१ पौष ५, शुक्रवार , ०९:३९:५० बजे

Sajhamanch
'

गैंडे सामुदायिक वनले सदस्यको शव जलाउन निःशुल्क दाउरा दिने

मङ्गलवार, पौष १२, २०७९

शिवसताक्षी । झापा र इलाममा जोडिएको गैंडे सामुदायिक वन उपभोक्ता समूहको २६औ वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ ।
वन समूहका अध्यक्ष नरबहादुर थपलियाको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष थपलियाले वन समूहका सदस्य परिवारलाई शव जलाउन निःशुल्क दाउरा प्रदान गर्ने कार्यक्रम सुनाएका छन् ।

गरिव परिवारका लागि बीमा कार्यक्रम, गम्भिर प्रकृतिका रोगीहरुका लागि आर्थिक सहयोगदेखि खोलामा साखु जातको काठ बगाएर ल्याउने कामको नियन्त्रणको लागि विशेष पहल गर्ने सम्बन्धी कार्यक्रमिक प्रतिवेदन अध्यक्ष थपलियाले प्रस्तुत गरेका छन् । सो क्षेत्रको पर्यापर्यटनको विकासका लागि कनकाई एडभेन्चर प्रालिलाई १० वर्षका लागि भाडामा दिने लगायातका कामहरु प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला वन कार्यालय इलामका सहायक वन अधिकृत राजकुमार खत्रीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा समूहका कोषाध्यक्ष रविन न्यौपानेले संस्थाको १ करोड ३७ लाख ८५ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा माई नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष अमृत मोक्तान, शिवसताक्षी नगरपालिका वडा नं. १० का वडासदस्य दिपक पोखरेल, नेकपा एमालेका वडाअध्यक्ष वेनुप्रसाद संग्रौलालगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर