२०८१ पौष ५, शुक्रवार , ०५:०१:५४ बजे

Sajhamanch
'

प्रदेश १ का सांसदको सपथ ग्रहण, ६ जनाले मातृभाषमा लिए सपथ

सोमवार, पौष ११, २०७९

झापा । प्रदेश १ का नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश सभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

प्रदेश १ का ६ जना सांसदले मातृभाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । मातृभाषमा सपथ लिने सांसदहरुमा पाँचथर १(२) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बूले मातृभाषा यक्थुङ/लिम्बू भाषामा सपथ लिएका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ् १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीका निर्मला लिम्बूले मातृभाषा यक्थुङ/लिम्बू भाषामा सपथ लिएका छन् । यस्तै,
कांग्रेसका सुनिता गच्छदार चौधरीले थारू भाषामा सपथ लिएकी छन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका १ जना सांसद रहेका छन् ।

जसमा आदिवासी जनजाति समुदायका ३९, खस/आर्य समुदायका ३७, मधेसी समुदायका ६, थारु र राजवंशी समुदायका ५, दलित समुदायका ४ र मुस्लिम समुदायका २ जनाको प्रतिनिधित्व रहेको छ ।

सम्बन्धित खबर