भद्रपुर । झापा क्षेत्र नम्वर १ मा समानुपातिक तर्फको मत गणनाको अन्तिम विवरण अनुसार नेपाली काँग्रेस (रूख) २५ हजार ४०३ मतका साथ पहिलो दल भएको छ ।
त्यसैगरी नेकपा एमाले (सूर्य) २२ हजार ४२० मतका साथ दोस्रो बनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) १३ हजार ७३० मतका साथ तेस्रो भएको छ ।
यस्तै नेकपा माओवादी केन्द्र (हसियाहथौडा) ५ हजार ५२ मतका साथ चौथो र राप्रपा (हलो) ४ हजार ९४९ मतका साथ पाँचौ दल भएको छ ।
यसैगरी झापा क्षेत्र नं. ३ मा पनि नेपाली कांग्रेसले सबैभन्दा बढी २५ हजार ५३५ मत पाएको छ । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ७४३ मत पाउँदा तेस्रो स्थानमा रहेको नेकपा एमालेले १९ हजार ४६० मत पाएको छ ।
क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८१२ मत पाउँदा नेकपा माओवादी केन्द्रले ७ हजार ५९५ मत पाएको छ । सो क्षेत्रमा कूल ८९ हजार ८४५ मत खसेकोमा ४ हजार ९२७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।