२०८१ मंसिर ७, शुक्रवार , १०:०३:४७ बजे

Sajhamanch
'

इन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्डको नाममा अबैध नेटवर्किङको धन्दा, नेपालीले नेपाली पनि ठगे

बुधवार, माघ १९, २०७८

काठमाडौं, –युएई लगायतका देशमा रहेका केही नेपालीले अबैध रुपमा नेटवर्किङ व्यवसाय चलाई ठुलो ठगी गरेको प्रमाण भेटिएको छ ।

नेपालीलाई नेटवर्किङ व्यवसायमा प्रोत्साहन गरि ठगी कार्यमा क्रियाशील रहेका छन युएईमा रहेका केही नेपालीहरु । उनिहरुले नेपाललगायतका देशमा बिभिन्न एजेन्ट राखेर ठगी कार्य जारी राखेका छन ।

युएईमा अबैध रुपमा नेटवर्किङ धन्दा चलाउदै आएका नेपालीले खुलेआम रुपमा नेपाली ठग्दै आएका छन । युएईका नेपालीहरुले नै बिभिन्न देशमा मुख्य कार्यालय रहेको भन्दै वेभसाईट बनाई ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्ड संचालन गरि करोडौ रकम असुलेका छन ।

उनीहरुको लगानीको एक बर्षमा २५६ प्रतिशत फाईदा भन्दै ठगी धन्दा चलाईरहेका छन । केहि बर्षपहिले गोल्डक्वेस्ट, हर्बो, युनिटीलगायतका दर्जनौ नेटवर्किङ कम्पनीबाट लाखौ सर्बसाधारण ठगिए ।

नेटवर्किङ व्यवसायकै कारण सयौको त घरबास नै उठ्यो । लाखौं सर्वसाधारण ठगीमा परेपछि मात्रै सरकारले सञ्चालकलाई कारबाही गरी ती कम्पनी बन्द गरेर नेटवर्किङ व्यवसाय नै बन्द गरायो ।

तर, अझै पनि सर्वसाधारणको लगानी भने उठ्न सकेको छैन । बरु नेटवर्किङ व्यवसायको नाममा सधै सर्बसाधारण ठगिईरहे । अहिले ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डको नाममा ठगी कार्य देखा परेको छ ।

नेपालीलाई नेटवर्किङ व्यवसायमा प्रोत्साहन गरि ठगी गरेको आरोपमा प्रहरीले बेला बेलामा बिभिन्न ब्यक्तिलाई पक्राऊ गर्ने गरे पनि यो धन्दा अबैधानिक रुपमा चल्दै आईरहेको छ ।

प्रहरीले धेरैपटक यस्ता ठगी धन्दामा संलग्नलाई पक्राऊ गर्दै आए पनि अबैध रुपमा नेटवर्किङ व्यवसाय चलाउनेको संख्या बढदो छ । नेपाल या बिदेश जता पनि दिवासपना बाडेर रातारात लखपति बनिन्छ भन्दै यो समुहले निर्बाध रुपमा ठगीधन्दा चलाउँदै आईरहेको छ ।

हाइपर फन्ड डिसेम्बरदेखि ‘हाइपर भर्स’को रूपमा रूपान्तरण गर्दै नाम परिवर्तन गरि संचालन गर्दै आएको छ। अन्य कम्पनिले पनि नाम परिवर्तन गरिरहन्छन ।

कुरै नबुझी सर्वसाधारणहरु ईन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्डमा लगानी गरिरहेका छन । यि कम्पनिमा भएको अन्धाधुन्ध लगानीले मुलुकमा आर्थिक संकट निम्तिएको छ भने हजारौ सर्वसाधारणहरुको करोडौ लगानी डुबने निस्चीत रहेको अर्थविदहरु बताउछन ।

ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर भर्स अनलाइन नेटवर्किङ ब्यापार हो । यसले वस्तु तथा सेवाको बिक्री नगरी पैसाको कारोवार गर्ने गर्दछन । तेब्बर फाईदा हुने आश्वासन देखाएर एजेन्टमार्फत सर्वसाधारणबाट पैसा लगानी गराइन्छ ।

इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्ड क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो भनेर एजेन्टहरुले सर्वसाधारणको लगानी संकलन गरे पनि यो दिवासपना मात्रै हो ।

यस्लाई परिवर्तनीय ९कन्भर्टिकल० बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गरिएको छ । यिनिहरुको एप डाउनलोड गरेर एकाउन्ट खोल्ने गरिन्छ । एकाउन्ट बनाएपछि ३ सय अमेरिकी डलर बराबर ३९ हजार नेपाली रुपैयाँ लगानी गर्नुपर्छ ।

ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्ड सबै गैरकानुनी ब्यापार हो । नेपाललगायत अन्य कुनै पनि देशले यसलाई अनुमति दिएका छैनन ।

तर, नेपालका कुना काप्चादेखि विश्वासका धेरैजसो देशमा इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डको चर्चा चुलिएको छ । ईन्फिनीटि ग्लोबलमा दुबईमा बसेर राकेश पन्तले र नेपालबाट इन्दिरा शाहलगायतले नेतृत्व गरेका छन ।

यिनिहरुले अबैध रुपमा संकलन गरेको रकम दुबई र नेपालको बिभिन्न क्षेत्रमा ब्यक्तिगत रुपमा लगानी गरिरहेका छन् । यसैगरि सोलम्याक्समा पनि दुबईमा बसेका नेपालीहरु अमर खत्री, प्रकाश महतलगायतले नेतृत्व गरी अबैधानिक रुपमा रकम संकलन गरिरहेका छन ।

उनीहरुले यसरी संकलन गरेको रकमले दुबईमा एभरेस्ट हंड्रेड रेस्टुरेंट, नेपालमा सहकारी र घर जग्गामा लगानी गरेका छन् । हाइपर भर्समा पोर्चुगलमा बस्ने मनोज तामाङ, अभि श्रेष्ठ, प्रति राई, डिजोज न्यौपाने, कवि तामाङ, नवराज न्यौपाने, राजकुमार थापा, वीरबहादुर तामाङलगायत अग्रस्थानमा रहेर आफ्नो धन्दा चलाईरहेका छन ।

इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्ड जस्ता कम्पनिका कारण गत साउनदेखि रेमिट्यान्स निरन्तर ओरालो लागिरहेको छ ।

वैदेशिक रोजगारीमा जान युवाको लर्को लागे पनि रेमिट्यान्स घट्नुले विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउनुको सट्टा इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डमा लगानी गरेको हुन सक्ने आंशका बढेको छ ।

हाल यि कम्पनिमा लगानी गरेका एजेन्टहरुले महिनामा २ सयदेखि ३ सय डलरसम्म दैनिक कमाएको बताऊदै नया सदस्य बनाउने गरेका छन । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक युएई, कतार, युरोप, कोरिया, मलेसियालगायतका देशमा रहेका नेपाली र नेपालमा रहेका अन्य नेपालिले ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डमा जोडिएका छन् ।

इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डको सदस्यता बनेबापत कुनै पनि व्यक्तिले १ सय ८० प्रतिशत देखि २५६५ प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता गरिन्छ ।

सुरुसुरुमा लगानी गर्नेले केही प्रतिफल चाखेजस्तो भए पनि इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डबाट ठगिने निश्चित देखिन्छ । यसले कुन क्षेत्रमा लगानी गर्छ र लगानीकर्तालाई प्रतिफल दिन्छ भन्ने केहि खुलाइएको हुँदैन ।

नयाँ व्यक्ति सदस्य बनाएर पुरानालाई प्रतिफल दिएजस्तो गर्ने र धेरै सहभागी भएपछि सर्वसाधारण ठग्ने नियत स्पस्ट देखिन्छ । यसमा जति बढी सदस्यता हुन्छन तिनिहरुको लगानी डुब्ने देखिन्छ ।

इन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्ड कसैको नियमनको दायरामा पनि छैनन । नाम मात्रको अनलाईन कम्पनी रहेको यसका सदस्यहरु नै बताउँछन् । सञ्जाल विस्तार गर्न हाइपर फन्डवालाहरू जुम बैठकमा सक्रिय देखिन्छन् ।

सम्भावित व्यक्तिहरूलाई होटलमा दारु पार्टी गरेर भए पनि सदस्यता विस्तार गरी ठगी गरिरहेको पाइन्छ । ‘कामै नगरे पनि मेम्बरसिप प्याकेजबाट कमाइने र सदस्य बनाएर जति पनि कमाउन सकिने’ आश्वासन बाँडछन यसका लिडरहरु । कामबाट बचेको समय सदुपयोग गरी धेरै आम्दानी गर्न सकिने लिडरहरु बताउँछन ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डमा गरिएको लगानी अत्यन्त जोखिमपूर्ण भएकोले लगानी नगर्न अनुरोध गरे ।

यो गैरकानुनी धन्धा हो उनले भने, हामीले अनुमति दिएका छैनौ । कसैले लगानी गरे फस्ने जोखिम छ । प्रलोभनमा परी नेटवर्किङ व्यवसायमा संलग्न हुँदा भोलि धोका हुने भन्दै प्रवक्ता भट्टले बेलैमा सचेत बन्न आग्रह गरे ।

सम्बन्धित खबर