२०८१ मंसिर १०, सोमवार , ०२:३१:३८ बजे

Sajhamanch
'

आज ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आइतवार, माघ १६, २०७८

काठमाडौ, शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ ।

आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दूमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको छ ।

आज कारोबारमा आएका २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब बराबरको कारोबार भएको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ६.५६ प्रतिशतले बढेको छ ।

त्यस्तै, वित्त उपसमूहको परिसूचक ६.३४, लगानी उपसमूहको ६.३६ , जलविद्युत उपसमूहको परिसूचक साढे ५.६३ होटल तथा पर्यटन ४.५८ र व्यापार उपसमूहको परिसूचक ४.९८ प्रतिशतले बढेको छ ।

आइतबार नेप्सेसँगै ५ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र बुद्धभुमि नेपाल हाइड्रोपावर रहेका छन् ।

त्यस्तै , अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत र हिमालयन उर्जा, प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । तर, आज ११ कम्पनीको मूल्य भने घटेको छ।

कारोबार रकमका आधारमा आइतबार अपि पावर पहिलो नम्बरमा रहेको छ । सो कम्पनीको २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । नेपाल टेलिकमको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

सम्बन्धित खबर