२०८२ कार्तिक १७, आइतवार , ०७:३४:४२ बजे

Sajhamanch
'

छोरीको जन्मदिनमा कारागारका महिला कैदीलाई सेनेटरी प्याड वितरण

शनिवार, माघ १५, २०७८

झापा । जिल्ला कारागार झापामा रहेका महिला कैदी बन्दीहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ ।

छोरीको जन्मदिनको उपलक्ष्यमा समाजसेवी श्याम प्रसाई एसपीले कारागारमा रहेका ७७ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गरेका हुन् ।
छोरी कृष्टिना प्रसाईको २० औं जन्मदिनको अवसरमा समाजसेवी प्रसाईले कारागारमै पुगेर सेनेटरी प्याड वितरण गरेका हुन् ।

शनिबार आज झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कारगार प्रमुख सावित्रा बस्नेत कार्की व्यवसायी समेत रहेका प्रसाई सहित उनको छोरी कृष्टिना, छोरा संकेतले संयुक्त रुपमा महिला कैदिबन्दीलाई सेनेटरी प्याड वितरण गरेका हुन् ।

जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरेर सामाजिक उत्तरदायित्व अन्तरगर्त महिला कैदीलाई सेनेटरी प्याड वितरण गरिएको व्यवसायी समेत रहेका श्याम प्रसाईले जानकारी दिए । उनले प्रत्येक महिला कैदीलाई १ बर्ष सम्म पुग्ने गरि १२ प्याकेटका दरले ७७ जना कैदीलाई ९सय २४ प्याकेट सेनेटरी प्याड वितरण गरिएको बताए ।

कार्यक्रमममा समाजसेवी प्रसाईकी छोरी कृष्टिनाले बिभिन्न कारणले कारागारमा रहेका महिला कैदीबन्दीको समस्यालाई मध्यनजर गर्दै आफुले जन्मदिनको अवसरमा प्याड वितरण गर्न पाउंदा खुसी लागेको बताएकी थिईन ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रिजाल र विशेष अतिथि कारागार प्रमुख बस्नेतले महिला कैदी बन्दीको समस्यालाई मध्यनजर गर्दै प्रसाईले गरेको सहयोग प्रति आभार प्रकट गरेका थिए । साथै सामाजिक कार्यमा प्रसाईले गरेको सहयोगले महिनावारी भएको समयमा प्याडको अभावमा महिलालाई बिभिन्न संक्रमण हुन सक्ने खत्तरालाई उपलब्ध गराएको प्याडले सहगोग पुग्ने धारणा राखेका थिए ।

साथै प्रसाईले महिला कारागारमा पानी ट्याङ्कीको अभावमा पानी पीउन समस्या रहेको जानकारी पाए पश्चात नयां १ हजार लिटरको पानी ट्याङ्की खरिद गरिदिने घोषणा गरेका छन् । साथै कारागार परिसर भित्र अपुरो रहेको मन्दिर समेत बनाईदिने प्रतिबद्धता ब्यक्त गरेका छन् । यस अघि पनि प्रसाईले इलाका प्रहरी कार्यालय कांकरभिट्टाको परिसरमा रहेको मन्दिरलाई आर्थिक सहयोग, थुनुवाकोलागि टेलिचिजन, हल्दिबरीमा रहेको रक्तकाली मन्दिरलाई घण्टी, गारीगंजमा रहेका टुहुरा बालबालिकालाई लत्ता कपडा तथा घर बनाउने रकम र बुद्धशान्तिमा रहेको आश्रम निमार्णकालागि २५ बोरा सिमेन्ट सहयोग गरेका छन् ।

शनिवार, माघ १५, २०७८ | समाज

सम्बन्धित खबर