२०८२ साउन ४, आइतवार , ०३:४७:४७ बजे

Sajhamanch
'

श्री एयरलाइन्सले थप्यो दुई नयाँ जहाज

शुक्रवार, माघ १४, २०७८

काठमाडौ, श्री एयरलाइन्सले दुईवटा जहाज थप गरेको छ।

कम्पनीले शुक्रबार विज्ञप्ति जारी गरी हालैमात्र एउटा र आज एउटा गरी दुईवटा ‘क्यू४०० ड्यास८’ विमान ल्याएको जनाएको छ।

‘तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा समेत नियमित उडान सञ्चालन गरिदिन पर्यटन व्यवसायी तथा यात्रुहरुको मागलाई सम्बोधन गर्न’ हालका गन्तव्यसहित यी दुई गन्तव्यमा थप उडान गर्ने कम्पनीले जनाएको छ।