२०८० मंसिर १८, सोमवार , ०१:२५:३५ बजे

Sajhamanch
'

रसुवागढी नाकाबाट सुनसहित ३ जना पक्राउ

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वषर्ीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वषर्ीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका-३ ब्रिदीम बस्ने २३ वषर्ीय ङ्वाङ लोप्साङ तामाङ छन् ।

चीनबाट नेपाल आइरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट एकरएक थान बेरुवा औंठी बरामद भएको प्रहरीले जनाएको छ । ती औंठीको तौल १२ तोला रहेको र मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।

मङ्गलवार, मंसिर ५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर