शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्र स्तरीय साधारणसभा धमाधम

September 21, 2022 12:02 pm

बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सेवाकेन्द्र स्तरीय इकाई साधारणसभा निरन्तर सञ्चालन गरिरहेको छ । असोज ३ गतेदेखि सुरु भएको सेवा केन्द्र स्तरीय इकाई साधारणसभा ८ गतेसम्म सञ्चालन गरिने अध्यक्ष सुब्रत न्यौपानेले बताएका छन् ।

असोज ३ गते बिर्तामोडका सदस्यहरुमाझ साधारणसभा गरी माइन्युट प्रमाणीकरण सभाका लागि प्रतिनिधि छनौट गरेको छ भने ४ गते दुर्गापुर सेवा केन्द्रबाट पनि प्रतिनिधि छनोट भइसकेको छ । यो समाचार तयार गर्दै गर्दा असोज ५ गते अर्जुनधारा मन्दिरको सभाहलमा कार्यक्रम भइरहेको छ ।

दुर्गापुर सेवा केन्द्रको कार्यक्रम कनकाई नगरपालिका वडा नं. १ दलित सामुदायिक भवनमा आयोजित थियो । सो प्रतिनिधि छनौट कार्यक्रमको प्रमुख आतिथ्य कनकाई नगरपालिका वडा नं. १ का वडासदस्य निर्मला खड्काको रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले कनकाई नगर क्षेत्रका शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखेर चाँडै आफ्नै भवनसमेत कनकाई क्षेत्रमा स्थापना गर्न लागेको जानकारी दिए ।

अध्यक्ष न्यौपानेले संस्थामा हाल ४ हजार ६०० भन्दा बढी शेयर सदस्य रहेको र ३ करोड ५१ लाखभन्दा बढी चुक्ता शेयर पुँजी निर्माण गरेको जानकारी दिए । सहकारीले आफ्नै लगानीमा शिक्षा शिकोप निकेतन विद्यालयसमेत संचालनमा ल्याइसकेको र यसमा ५० जना विद्यार्थी हाल अध्यनरत रहेको जानकारी दिए ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा सहकारीको दुर्गापुर, शनिश्चरे, धुलाबारी, दुहागढी र चैतुबारी गरी ६ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् । सहकारीमाहाल ४५ जनाकर्मचारी कार्यरक्त रहेका छन ।

संस्थाको १०औ वार्षिक साधरणसभा अन्तरगत माइन्युट प्रमाणीकरण सभा असोज ११ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने अध्यक्ष न्यौपानले बताएका छन् ।

          September 21, 2022 12:02 pm | समाज,सहकारी,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: