कमल गाँउपालिकाको एघारौ गाउँसभाबाट नीति तथा कार्यक्रम संशोधनसहित परित

June 23, 2022 9:04 pm

कमल । कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आगामी आर्थिक वर्ष २०७९÷०८० लागी एघारौं गाउँँसभामा पेश गरेको नीति तथा कार्यक्रम गाउँसमाबाट संशोधन सहति परित गरिएको छ ।

गाउँसभामा अध्यक्ष राईद्वारा प्रस्तुत गरीएको जनस्वस्थ्य, पशुसेवा, लैगिक समानता तथा सामाजिक समावेशकिरण,शिक्षा युवा तथा खेलकुद,संस्थगत विकास तथा सेवा प्रवाह र सुशासन,वस्तिविकास तथा सहरी योजना, भौतिक पुर्वाधार, सामाजिक विकास तर्फ आगामी आर्थिक वर्ष सन्चालन गरिने कार्यक्रम गाउँसभाले संशोधनसहित परित गरेको हो ।

प्रस्तुत नीति तथा कार्यक्रम माथी सभासद एङ्गल गुरुङ्ग, भिम वहादुर कार्कि, कल्पना राई, हरीभक्त चम्लागाई, चुरुङ्गहाङ्ग लावती , भुमिका महरा ,ओम कुमार प्रधान,जमुना खतिवडा र नवन राईले शंसोधन सहित आफुनो भनाइ राखेका थिए ।

अध्यक्ष राईने सभामा पेश गरेका नीति तथा कार्यक्रम अन्तर्गत पशु सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत सुरक्षण कोष स्थापना गरिने , सिचाई मिटरको बिल भुत्तानीमा ५० प्रतिशत अनुदान उपलब्ध गराईने , सिंचाई सुविधाको पहँुच नभएका कृषककालागी सिचाई मोटर उपलब्ध गराईने, निःशुल्क माटो परिक्षणको सुविधा लगायतका कार्यक्रम सन्चालन गरिने छ ।

संघीय गणतन्त्र प्राप्तीपछि नेपालको संविधान २०७२ ले ३ तहको सरकारको व्यवस्था गरेअनुसार गठन भएको स्थानीय सरकारहरुको दरिलो र विकासका सम्वाहकको रुपमा स्थापित हुँदै गरेको कुरा प्रमाणित हुँदै गएको र स्थानिय आवश्यकता आधारमा सामाजिक, आर्थिक र पुर्वाधारका विकासमा स्थानिय सरकारहरु दरिलो रुपमा उभिदै गएको अध्यक्ष राईले बताए । कार्यतालिका अनुसार भोली ११ बजे तिनि तथा कार्यक्रम माथि रहेर बजेट पेश हुने छ ।

          June 23, 2022 9:04 pm | मुख्य समाचार,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: