शुक्रबार शिवसताक्षी नगरपालिकामा अतिआवश्यक बाहेकका सेवा बन्द हुने

June 23, 2022 5:57 pm

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा शुक्रबार अतिआश्यक बाहेकका काम बन्द हुने भएको छ।

नगरपालिकाका तथा वडा कार्यालयहरुबाट दिइने अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु भोली शुक्रबार बन्द रहने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिवसताक्षी नगरपालिको आ.व. २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले शुक्रबार वडा तथा नगरबाट दैनिक रुपमा दिइने सेवा बन्द हुने भएको हो ।

शिवसताक्षी नगरको १० औं नगरसभा नगरको कार्यालयमा हुने भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

          June 23, 2022 5:57 pm | मुख्य समाचार,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: