
अटो रिक्साको भाडा बढाउनुपर्ने भन्दै बिर्तामोडमा चालकको प्रदर्शन

बिर्तामोड । इन्धनको मूल्य बढेकाले अटो रिक्साको भाडा पनि बढाउनुपर्ने मागसहित बिर्तामोडका अटो चालकहरूले प्रदर्शन गरेका छन् । बिर्ता बजारबाट र्याली सुरु गरी बिर्तामोड बजार परिक्रमापछि उनीहरूले मुक्ति चौकमा कोणसभा गरेका थिए । उनीहरूले लोकल भाडा ५० रुपैयाँ तोकिनु पर्ने माग गरेका छन् । पेट्रोल प्रतिलिटर ९४ रुपैयाँ हुँदा लोकल भाडा ३० रुपैयाँ तोकिएको थियो । अहिले पेट्रोलको मूल्य बढेर २०० रुपैयाँ पुग्दा त्यस भाडामा यात्रु बोक्न नसकिने उनीहरूले बताएका छन् ।
कोणसभामा नेपाल अटो मेकानिक ट्रेड युनियन ९नाटु०का अध्यक्ष डिल्ली थापा , पूर्वेली मजदुर यातायात प्रालिका सचिव गणेश कोइराला , अटो चालकहरू सुजन थापा , दाताराम पाठकलगायतले बोलेका थिए । कार्यक्रममा पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बाँस्कोटाको पनि सहभागिता रहेको थियो ।
June 23, 2022 11:55 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
