
दमकको मारवाडी महिला सेवा समितिको सभाहलमा दिनहुँ योगाभ्यास गराइँदै

दमक । पछिल्लो समय योगप्रति आममानिसको आकर्षण बढ्न थालेको छ । योगले मानिसलाई विभिन्न समस्याबाट मुक्ति दिलाउनुका साथै तनाव रहित जीवन जीउन फाइदा पुग्ने भएकोले आममानिसको योगप्रतिको आकर्षण बढ्न थालेको हो ।
मानिसमा योग गर्ने चाहनाको विकास भएसँगै योग अभ्यास गराउने विभिन्न संस्थाहरु पनि सक्रिय हुन थालेका छन् । यसै क्रममा आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतन्जली योग महिला समिति झापाको आयोजनामा दमकमा योग अभ्यास चलिरहेको छ । मारवाडी महिला मञ्च दमकको व्यवस्थापनमा दमक ५ स्थित मारवाडी महिला सेवा समितिको सभाहलमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म दिनहुँ योग अभ्यास भइरहेको हो ।
योगले मानव स्वस्थ्यलाई राम्रो गर्छ तर धेरैले यसलाई व्यवहारमा उतार्न सकेका छैनन् । त्यसैले सबैलाई योगाभ्यास गराउन सकौं र शारिरिक तथा मानिसक रुपमा सबैलाई स्वस्थ्य बनाउँदै रोगमुक्त जीवन जीउन सिकाउने उद्देश्यले योग शिविरको आयोजना गरिएको मारवाडी महिला मञ्च दमकका अध्यक्ष प्रिती साहेवाला बताउँछिन् ।
योग साधना केन्द्रमा उपस्थित भएर दैनिक योग अभ्यास गर्दै आएकोमा पछिल्लो समयमा कोभिडको कारणले साधना केन्द्र बन्द भएका थिए । अहिले कोभिडको प्रभाव कम हुँदै गएकाले भौतिकरुपमै उपस्थित भएर योगाभ्यास गराउँन थालेको पतन्जली योग महिला समिति झापाका अध्यक्ष प्रेमकला निरौलाको भनाई छ । योगले मनमा उत्पन्नहुने विभिन्न प्रकारका बिकृतिलाई नस्ट गर्नुका साथै तनावमुक्त जीवन जीउन ठूलो सहयोग गर्ने उनको भनाई छ ।
नियमित योगाभ्यास गर्नेले शारीरिक, मानसिक स्फुर्तिको महसुस गर्छ । योगले मानिसलाई स्वस्थ्य र स्फुर्त बनाउँछ । नियमित योग गर्ने व्यक्ति स्वयम् स्वस्थ्य हुने र स्वस्थ्य मानिसले आफ्नो घर परिवारलाई स्वस्थ्य बनाउन सक्छ । स्वस्थ मानिसबाट समाज रुपान्तरणमा समेत ठूलो योगदान हुने भएकोले सबैले दैनिक बिहान बेलुका कम्तीमा २ घण्टा योग गर्न आवश्यक रहेको योग प्रशिक्षक गंगा ढकालको सुझाव छ ।
June 23, 2022 11:34 am | मुख्य समाचार,शिक्षा,समाज,स्वास्थ्यप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
