झापामा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

June 23, 2022 11:29 am

झापा । झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढी भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ

बुधवार बेलुका सवा ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १–०१–००१ ह ८६०१ नम्बरको सिटिलाई सोहि दिशा तर्फ जादै गरेको प्रदेश १–०१–००१ क ११४६ नम्बरको मिनीट्रकले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा मेचिनगर–९ का ४३ बर्षीय रमेश कट्वाल गम्भिर घाईते भई उपचारको लागि वि एण्ड सी अस्पताल बिर्तामोड पठाएकोमा मृत्यु भएको हो ।

दुर्घटना भएका दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

          June 23, 2022 11:29 am | समाज

प्रतिकृयाहरू :

समाचारहरु: