एनएमसी भद्रपुर कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

June 21, 2022 2:22 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/०३/०६

जिल्ला झापा भद्रपुर–६ बस्ने स्व. जगदीस साहा (सदस्य नं. ६११६७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७७ साल कात्तिक २८ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–६ बस्ने निजका छोरा श्याम भरोस साहाले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल जेठ २९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी भद्रपुर कार्यालय

          June 21, 2022 2:22 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: