
नेप्से २० अङ्कले घट्यो, राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर १० प्रतिशतले बढ्यो
March 23, 2022 3:58 pm

झापा । दुई दिन लगातार बढेको शेयर बजार आज बुधवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३४ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ३६ विन्दुमा झरेको छ ।
आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज दुई सय २६ वटा कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर दुई अर्ब चार करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको आठ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज बुद्धभूमि हाइड्रोको शेयर सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
March 23, 2022 3:58 pm | अन्तर्वार्ता,मिडियाबाट साभारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
