मध्यरातदेखि झापामा भिडभाड हुने काम नगर्न प्रशासनको आदेश

January 21, 2022 7:45 am

झापा । पछिल्लो समय पुनः कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबार बिहानको रातिदेखि लागू हुनेगरी धेरै मान्छे भेलाहुने कार्यक्रममा रोक लगाएको छ । प्रशासनको आदेशबाट अबदेखि कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्तसम्म गर्न पाइने छैन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसमेतको संक्रमण नेपालमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छबिराज रिजालले जनाएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८ पुस ३० गतेको निर्णयबाट जारी आदेश, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी अर्को सूचना नभएसम्म लागू हुने गरी यस्तो आदेश जारी गरिएको हो ।

          January 21, 2022 7:45 am | मुख्य समाचार,सहकारी,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: