प्रदेश १ मा २१ जना कोरोना संक्रमित थपिए, ३९ जना संक्रमणमुक्त, १ को मृत्यु

November 21, 2021 7:44 pm

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो ।

झापाको अर्जुनधारा, मेचीनगर, कनकाई, बिर्तामोड, गौरादह, कमल र झापा गाउँपालिकामा १–१ जनामा कोरोना संक्रमण भएको हो । यस्तै, मोरङको विराटनगरमा ३, रंगेली र कटहरीमा १–१, सुनसरीको इटहरीमा २ र इनरुवामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २० महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

          November 21, 2021 7:44 pm | प्रदेश तह,मुख्य समाचार,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: